२६ श्रावण २०७७, सोमबार
  • घनश्याम मिश्र

जनकपुरधाम, २६ साउन । प्रदेश २ मा आइतबार थप १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जननकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिनुभयो । यस सँगै यस प्रदेशमा संक्रमितको संख्या ५ हजार ८ सय ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सर्लाहीमा २२, रौतहटमा १९, धनुषामा १३, बारामा ४ र महोत्तरीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस प्रदेशमा कोरोनाबाट आइतबार तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । धनुषाका एकजना पुरुष र पर्साको दुई जना महिलाको कोरोनाको कारण मृत्यु भएको पुष्टि भएको हो । यस सँगै यस प्रदेशमा मृत्यु हुनेको संख्या २९ पुगेको छ भने ३ हजार ३ सय ८३ जना निको भएर आफ्नो घर फर्किएका छन् । आइतबार मात्र २६ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV