२६ श्रावण २०७७, सोमबार

एजेन्सी, २६ साउन । लेबनानमा आइतबार एक दिन भित्र कोरोना संक्रमणको नयाँ रेकर्ड दर्ता भएको छ। बेरूत विस्फोटपछि समस्याहरूले घेरिएको लेबनानमा झन समस्या बढेका छन्।आइतबार लेबनानमा २४ घण्टामा २ सय ९४ कोरोना संक्रमणको नयाँ घटनाहरू रिपोर्ट गरिएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणको संख्या ६ हजार ५ सय १७ पुगेको छ।

एक हप्ता अघि देशभर औसतमा १ सय ५५ नयाँ घटनाहरू आएको थियो । यो स्पष्ट छ कि एक हप्ता भित्र हरेक दिन दुई गुणा धेरै घटनाहरू रिपोर्ट भइरहेका छन्।

त्यस्तै लेबनानमा अहिलेसम्म कोरोनाबाट ज्यान जानेको संख्या ७६ पुगिसकेको छ । लेबनानका स्वास्थ्य विशेषज्ञले मंगलबार बेरुतमा भएको धमाकापछि देशमा संक्रमण बढेको आशंका गरिएको छ । उन धमाकामा २ सय मानिसहरुको ज्यान गएको छ ।

बेरूत अस्पतालहरू बेरुत ब्लास्ट र कोरोना भाइरस संक्रमणको कारण संघर्ष गरिरहेका छन्। सुविधाहरू भन्दा बढी बिरामीहरू अस्पताल पुग्दैछन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV