२६ श्रावण २०७७, सोमबार
  • शीतल भट्ट

कञ्चनपुर, २६ साउन । अघिल्लो साता कञ्चनपुरको बेलौरी नगरपालिका ७ भगतपुरका भएको एक बृद्ध दम्पतीको हत्या प्रकरणमा चार जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार खाती दम्पत्ती हत्या प्रकरणमा छिमेकी प्रकास ऐरसहितका चार जनालाई सार्वजनिक गरेको हो ।

खाती दम्पतीका छिमेकी ५३ बर्षीय प्रकाश ऐर, सोही ठाँउका ३५ बर्षीय दिनेश राना, ३६ बर्षीय होरी राना र भर्रा भनिने कृष्णपुर नगरपालिका २ वाणिका रवि रानालाई सार्वजनिक गरेको हो ।

घटना चारै जनाबाट गराईएको भएकाले उनीहरुलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बताउनु भयो ।

शनिबार राति भर्रा भनिने रवि राना सहितले घरमै गएर खाती दाम्पतीको हत्या गरेका थिए । घाँरिलो हतियार प्रयोग गरेर ६८ बर्षीया बेलीदेवी खाती र उनका श्रीमान ७० बर्षीया घनश्याम खातीको हत्या गरेको हो । बेलीदेवीको सोही दिन र घनश्यामको कोहलपुर मेडिकल कलेजको उपचारका क्रममा एक सातापछि मृत्यु भएको थियो ।

शुरुमा प्रहरीले खातीकै ३८ बर्षीय छोरा राजेश खाती र अभियुक्त दिनेश रानालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले अनुसन्धानकै क्रममा खाती दाम्पतीका छोरासहित उनकै साथी दिनेशलाई पक्राउ गरिएको जानकारी दिनुभयो । ‘छोराको घटनामा संलग्नता देखिएन, हामीले उनलाई छाडिदिए, ‘प्रवक्ता थापाले भने, ‘दिनेश राना र पछि छोराले छिमेकी प्रकास ऐरीको नाममा जाहेरी दिएपछि थप अनुसन्धान अघि बढाऔँ ।’

बृद्ध खाती दम्पतीको हत्या गर्न प्रकास ऐरले मुख्य योजनाकार रहेको समेत प्रहरीले जनाएको छ । ‘केही बर्ष अघि छिमेकी प्रकास र मृतक खाती दाम्पतीबीच विवाद रहेछ, ‘प्रवक्ता थापाले भन्नुभयो, ‘त्यही विवादको बदला लिन खाती दाम्पती मार्नका लागि प्रकासले चार लाख रुपैया दिएरको खुलेको छ ।’

ऐरीले आफ्नो घर परिवारमा जातु, जन्तरमन्तर टुनामुना लगाएर बिरामी हुन थालेपछि त्यहाँबाट खताी दम्पतीलाई विस्थापित गराउन भर्रा प्रयोग गरेर हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकोछ । ‘ऐरीले घनश्यामलाई बोक्सीको आरोप लगाएर मार्नकै लागि रवि रानालाई चार लाख दिने सहमति गरेको रहेछ, ‘प्रवक्ता थापाले भन्नुभयो, ‘जस मध्ये डेढ लाख रविकै घरबाट बरामद गरियो, बाँकी पैशाको विषयमा अनुसन्धान गर्दैछौँ ।’

प्रहरीले रविकै घरबाट डेढ लाख, चार थान मोबाईल, दुई मोटरसाईकल समेत बरामद गरेको छ । रविले प्रयोग गर्ने म ३ प १६१६ र एक सात समेत नभएका दिनेशले प्रयोग गर्ने म २ प ४८५६ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ ।

मृतक खाती दाम्पत्तीका एक मात्र छोरा राजेश खाती मदिराका पारखी थिए । उनी मदिराका पारखी भएकाले ऐरी समुहले उनलाई दिनभर आफ्नै साथमा घुमाए, मदिरा सेवन गराए । उता राजेशको घरमा आमाबाबुको हत्या गरेपछि मात्रै दिनेशले आफ्नै मोटरसाईकलमा घर पु¥याए ।
घर पुगेका राजेशले आफ्ना बाबुआमा आँगनमै तेर्सिएको देखेर पुनः त्यही दिनेश रानालाई टेलिफोन गरेर बोलाएका थिए । घटनाकै भोलिपल्ट प्रहरीले घटनामा संलग्न दिनेश रानालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको थियो । चारै जनाले हत्याको योजना बनाउनेदेखि हत्यामा संलग्न भएको स्वीकार गरेका छन् ।

जिल्ला आदालतबाट ज्यान कसुरमा म्याद थप गरि चारैजनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बृद्ध दाम्पत्तीको हत्याका लागि चार लाख लगानी गरेका ऐरीले कुन प्रतिफल देखेर यत्रो महापाप गरे, अनि पैशाका लागि अरुको ज्यान लिनेले कुन अर्थमा घटना घटाउँदा एकातिर आफै जेलतिर र अर्कातिर समाजका कुर्कमको बिजारोपण गरेको भन्दै स्थानीयले कटाक्ष गरेका छन् । पाप धुरीबाट कराउँछ, अर्काको ज्यान लिदा आफै फन्दामा परिने घटनाले देखाएको छ ।

यस घटनामा प्रहरी सफल भएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV