२६ श्रावण २०७७, सोमबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु २६ साउन । कोरोना संक्रमण समुदायस्तरमै फैलिन थाले पछि कपिलवस्तमुा ६ दिनका लागि फेरि पूर्ण लकडाउन गरिएको छ । साउन २७ गते बिहान ५ बजे देखि साउन ३२ गते साझ १२ बजे सम्मका लागि लकडाउन गरिएको हो ।अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको हो । यस अघि गत साउन २२ गते देखि साउन ३२ गते सम्मका लागि अर्ध लकडाउन गरिएको थियो । सरकारी कार्यालय, बैकिङ संस्था बजार, पसल निजी र सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरिएको छ ।

कोरोना फैलने उच्च जोखिम बढेकोे र धेरै मानिसहरु सम्पर्क हुने स्वास्थयकर्मी ब्यपारी बैक तथा बित्तीय संस्थाका कर्मचारीहरु समते धमाधम सक्रमित हुन थाले पछि पूर्ण लकडाउन गरिएको गरेको हो । प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलको अध्यक्षतामा जिल्ला कोरोना बिपद ब्यवस्थापन समितिको प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३ ० तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम सो निर्णय गरिएको प्रजिअ पौडेलले बताउनुभयो । सजगता अपनाई संक्रमणको बिस्तारलाई रोक्न सो निर्णय गरिएको प्रजिअ पौडेलको भनाइ छ । उद्योग कलकारखानाको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार सञ्चालन गर्न पाईने छ ।

खाद्यान्न तथा तरकारी किनमेलका लागि बिहान ८ बजे देखि १० बजे सम्मको समय तोकिएको छ । बैक कर्मचारी, शिक्षक बिद्यार्थी, स्वास्थ्यकर्मी औषधि ब्यापारी लगायत समेत कोरोना संक्रमित भेटिए पछि पूर्ण लकडाउन लागू गरिएको हो । कपिलवस्तुमा ८ सय ५७ जना संक्रमित भेटिएका छन । जमध्ये ७ सय ५५ जना निको भई घर फर्किसकेको छन । लकडाउन पालना नगर्नेलाई कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।

लकडाउनमा के के गर्न पाईने

अन्यावश्यकीय बस्तुहरु ढुवानी , खाद्यान्न, तरकारी, फलफुल, दूध, पेट्रोलिय पदार्थ, ग्यास औषधि, पानी पक्षुपंक्षी दाना, एम्बुलेन्स,शवबाहन, र राजमार्ग भएर गुडने, सवारी साधानहरु जिल्ला भित्र ओर्लिने र चढन नपाउने गरी

के के बन्द रहने

निजी र सार्वजनिक सवारी चलाउन नपाईने, सबै किसिमका ब्यापार, ब्यवसायहरु चिया पसल, खाजा घर, होटल रेस्टुरेन्ट ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV