२६ श्रावण २०७७, सोमबार

एजेन्सी, २६ साउन । भारतमा कोरोना भाइरसको महामारी तीव्र गतिमा बढीरहेको छ। त्यहाँका गृह मन्त्रीदेखि पूर्व राष्ट्रपतिहर कोरोना संक्रमणको सिकार बनेका छन् ।भर्खरै पूर्व राष्ट्रपति प्रणव मुखर्जीमा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ। उनले आफूमा कोरोना पोजेटिभ भएको ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, गत हप्तामा मसँग सम्पर्कमा आएका मानिसहरूलाई अनुरोध गर्दछु, कृपया आफूलाई अलग्गै राख्नुहोस् ।

यस अघि गृहमन्त्री अमित शाहमा पनि कोरोना संक्रमण फेला परेको थियो । भारतमा प्रत्येक दिन ५५ हजार भन्दा बढी कोरोना संक्रमितहरुको पुष्टि भएको छ ।भारतमा अहिले लगभग लकडाउन खतम भइसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २ सय ६४ कोरोना संक्रमितको पुष्टि भएको छ, भने एक हजार ७ जनाले ज्यान गुमाएका छन् । भारतमा हालसम्म २२ लाख १५ हजार ७४ जाना संक्रमित पुगेको बीबीसीमा उल्लेख छ । त्यस्तै त्यहाँ कोरोनाबाट ज्यान जानेको संख्या ४४ हजार ३ सय ८६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV