२६ श्रावण २०७७, सोमबार
  • वसन्त खतिवडा

बारा, २६ साउन । छिमेकी जिल्ला पर्सामा कोरनाभाइरस संक्रमण भयावह हुन थालेपछि बाराको जीतपुरसिमरा उपमहानगर पालिकाले कोरना महामारी रोगथामका लागि प्रदेश स्तिरीय आइसाेलेसन निर्माण हुने भएकाे छ ।

नगरमा स्थानीयहरुबाट व्यापक गुनासा र आलोचना आउन थालेपछि नगरले प्रमुख जिल्ला अधिकारी सहितको रोहवरमा तयारी अगाडी बढाएको हो ।
नगरको वडा नम्वर दुईमा स्थापना गरिएको कोरना अस्थाई अस्पतालको स्तर बृद्धि गरी ४ सय र पथलैया तालिम केन्दमा १ सय सैयाको आइसोलेसन केन्द्र निर्माण गर्ने भएको छ ।

यस अघि स्थानीयले नगरभित्रै आइसोलेसन निर्माण हुनु पर्ने, नेपाल सरकारले तोकेको मापदण्ड पुर्याउन सक्नेले होम क्वारेनटाइमा बस्न पाउन पर्ने लगायतका सात बुँदे सुझाव प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए ।

यसका लागि आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री र आइसोलेसन निर्माणको बोलपत्र आह्वान गरी नियमानुसार गर्ने निर्णयमा उल्लेख गरिएको छ । यसका लागि प्रदेश सरकारबाट एक करोड सत्तरी लाख बजेट निकासा भएकोले १५/२० दिन भित्रै सिमरा स्थित अस्थाई कोरना अस्पतामा ४ सय र पथलैया स्थित स्वास्थ्य तालिमा केन्दमा १ सय गरी ५सय सैयाको आईसोलेसन तयार गरिने बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताउनुभयो ।

सिमरा स्थित होटल सिमरा इनमा नगरका प्रमुख डा. कृष्ण पौडेलको अध्यक्षतमा बसेको बैठकमा प्रजिअ रुद्र प्रसाद पण्डित, प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, नेकपा जिल्ला कमिटी संयोजक क्षेत्र बहादुर श्रेष्ठ, नगर उद्योग बाणिज्य संघका प्रतिनिधि मोहन शर्मा लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV