२६ श्रावण २०७७, सोमबार
  • सन्तोष काफ्ले

सुनसरी, २६ साउन । धरान उपमहानगरपालिमा कोरोना भाइरस सक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । समुदायमा सक्रमण फैलिइको धरानमा सोमबार विहान थप ९ जनामा कोरोना संक्रमण पाइएको छ ।

धरान औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका प्रीति भल्भ एन्ड फिटिङ्ग्स प्रालिबाट धरानमा कोरान सक्रमण फैलिएपछि उपमहानरपालिकाले मास टेस्टिङ अन्तर्गत लिइएको स्वाबको रिपोर्ट आउने क्रममा धरानमा थप ९ जानमा सक्रमण देखिएको हो ।

योसँगै धरानमा सक्रमितको संख्या ५५ पुगेको छ । मास टेस्टिङको अन्तर्गत सोमबार विहान आएको रिपोर्टमा धरान–६ का २६ र २७ वर्षका २ जना पुरुष, धरान १३ का ३४ र ४३ वर्षीय २ जना पुरुष, धरान-१० का१६ र २० वर्षीय युवती, धरान–१५२९ वर्षीय पुरुष, धरान १६का २७ वर्षीय पुरुष र १९का ४० वर्षीय पुरुषमा संक्रमण भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।

समुदायमा कोरना सक्रमण भएको भन्दै उपमहानगरले २० वटै वडाबाट करिब एक हजार जनाको स्वाब संकलन गरेको छ र ४ सयको रिपोर्ट आएको छ भने अन्यको रिपोर्ट आउने क्रमम रहेका उपमहनगर पालिकाले जनाएको छ ।

अस्पतालमा आसोलेसन वेड अभाव भएपछि अब सक्रमितलाई कहा राख्ने अन्यौँल रहेको उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख महेताले बताए। उनले यस अघिका ३ जना होम आसोलेसनमा रहेका बताउदै सबैलाई होम आसोलेसन राख्न सम्भव नरहेको बताउनुभयाे ।

व्यवस्थापन गर्न सक्नेहरुलाई होम आइसोलेसन राख्न सकिन बताउदै उहाँले अन्यलाई भने छुट्टै आसुलेसन को व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो । यता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको आसोलेसन वेड भरिएका छन् । प्रतिष्ठनामा रहेका ७० वेडको आसोलसन बढाएर ८३ पुर्याएइएको छ ।

जहाँ लक्षण नखिएका विरामी राखिएको र ७० लाई बढाएर ८३ पुर्याएको भए पनि सबै वेड भरिएको प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डाक्टर निदेश सापकोटालेजानकारी दिनुभयो । लक्षण देखिएका र समस्या भएका सक्रमित राख्न तयारी गरिएको २० वेडमा १७ जना विरामी रहेको बताउनुभयो । उहाँले आसोलेसनमा वेड अभाव भएपछि प्रतिष्ठामा कार्यरत २ चिकित्सक र एक चिकित्सकी श्रीमतीलाई आवास क्षेत्रमै होमआसोलेसनमै राखिएको बताउनुभयाे ।

प्रतिष्ठानमा कार्यरत तथा आवास क्षेत्रमा बसोवास गर्ने ८ जनामा सक्रमण देखिएको प्रवक्ता सापकोटाले बताउनुभयो । उहाँले दुवै आसोलेसन भरिएकोले अब सक्रमतिहरुलाई प्रतिष्ठानले लिन नसक्ने समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV