२६ श्रावण २०७७, सोमबार
  • भगतराम थारु

नेपालगन्ज, २६ साउन । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका चार किल्ला सील गरिएको दोश्रो दिन पनि नेपालगन्ज सुनसान छ । नेपालगन्जको चार किल्ला प्रवेशद्वारमा काडेतार राखेर ति क्षेत्रमा प्रवेश आवतजावतमा रोक लगाएको छ ।

उपमहानगरपालिकाको मुख्य बाक्लो बस्ती क्षेत्र चारै किल्ला शनिबार रातिदेखि सील गरिएको हो । सिल गरिएको क्षेत्रमा सर्वसाधारणको पूर्ण रुपमा आवतजावत र घर बाहिर निस्कन समेत रोक लगाइएको छ । बजार पुर्णरुपले सुनसान छ । बजार क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय प्रशासन मात्रै देखिन्छन् ।

बाँकेमा कोरोना संक्रमण समुदाय स्तरमा धमाधम देखिएपछि उपमहानगरपालिका क्षेत्रको घनाबस्ती क्षेत्रलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले श्राउन २४ गते राति १२ बजेदेखी श्रावण २७ गते राती १२ बजेसम्मका लागि नेपालगन्जका उपमहानगरका चारै किल्ला सील गर्ने निर्णय गरेको हो । त्यस अवधिमा नेपालगन्ज नगरभित्र स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबहान र दमकल बाहेकका सम्पूर्ण सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाईएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । साथै हिडडुल तथा व्यवसाय संचालनमा समेत पूर्णतया निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

सील गरिको क्षेत्र नेपालगन्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखी गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखी बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको रहेको छ ।

‘प्रशासनले गरेको निर्णयको बर्खिलाप गर्ने, अवहेलना गर्ने वा कामकाजमा बाधा पु¥याउने ब्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने छ,’ सहायक सिडिओ उपाध्यायद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV