२५ श्रावण २०७७, आईतवार

काठमाडौं, २५ साउन । महानगरीय प्रहरी वृत्त थानकोटले अवैध लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले १ किलो १६० ग्राम चरेससहित काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं ५ दाउरा डिपोस्थित टहराबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले मकवानपुर थाहा नगरपालिका–७ घर बताउने वर्ष ४२ को देवेन्द्र थापा मगरलाई नियन्त्रणमा लिइएको बताए ।

प्रहरीका अनुसार कोठाबाट लागूऔषध चरेश १ किलो १६० ग्राम, चरेस प्याकिङ गर्ने कागज तथा तराजु बरामद गरिएको छ । उक्त चरेश धादिङ जिल्लाबाट ल्याइ स्थानीय युवाहरूलाई विक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थानकोट प्रहरीले जनाएको छ ।

प्रहरीले थापा मगरलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV