२५ श्रावण २०७७, आईतवार
  • रिया भण्डारी,

काठमाडौं, २५ साउन । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जोखिम पहिचान भएको क्षेत्रको सिल गर्ने अधिकार वडा कार्यालय, स्थानीय टोल विकास समिति र आमा समूहलाई दिएको छ ।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले जोखिम क्षेत्रको पहिचान गरी स्थानीय संघसंस्थालाई नै सक्रिय गराई जोखिम न्यूनीकरणका लागि अधिकार प्रदान गरेको हो ।

यही निर्णयको आधारमा काठमाडौं महानगपालिका वडा नम्बर ५ गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलका १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्र सिल गरिएको हो ।

सुरुमा सो टोलमा डेरा गरी बस्ने प्रहरीमा संक्रमण देखिएको थियो । पछि घरबेटीको परीक्षण गर्दा घरबेटीसहित परिवारमा ५ जनामा पनि कोरोना संक्रमण देखिएको थियो ।

यसपछि घरबेटीका सम्पर्कमा आएका २२ जनाको पीसीआर परीक्षण गर्दा अन्य ५ जनामा पनि संक्रमण पाइएपछि सो क्षेत्र वडा नम्बर ५ कार्यालय र स्थानीय संघसंस्थाको सक्रियतामा सिल गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV