२५ श्रावण २०७७, आईतवार

काठमाडौं, २५ साउन । भारतीय विदेश मन्त्री एस जयशंकरले गौतमबुद्धको जन्म भारत भएकाे दाबी गरेकाेप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय विदेशमन्त्री जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेको प्रति पार्टीको आपत्ति रहेको बताउनुभएको हो ।

‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भू-भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रती हाम्रो गम्भीर आपत्ति छ । आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन ।’ – प्रवक्ता शर्माले ट्वीट गर्दै भन्नुभएकाे छ ।

बुद्ध नेपालमा जन्मिएका हुन् भनेर स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा बोलेपछि बिगतको दाबी खारेज भैसकेको भएपनि पुन यस्तो आपत्तिजनक टिप्पणी गर्नु दुख:द् भएको प्रवक्ता शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV