२५ श्रावण २०७७, आईतवार
  • रिया भण्डारी,

काठमाडौं, २५ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि अनुगमन सुरु गरेको छ । कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिएर जिप्रका काठमाडौंले अनुगमन थालेको हो ।

अनुगमनको क्रममा मास्क नलगाइ हिड्ने, स्वास्थ्य सम्बन्धी मापदण्डको ख्याल नगर्नेहरुलाई ठाउँको ठाउँ कारवाही गरिने भएको छ ।

यस्तै अनुगमन टोलीले सार्वजनिक सवारी साधन, पसल, रेष्टुरेन्ट र अन्य भीडभाड हुने स्थानको पनि अनुगमन गर्ने भएको छ । त्यस्ता क्षेत्रहरुले जनस्वास्थ्य सम्बन्धी मापदण्ड पूरा नगरेको पाइएमा कारवाही गर्ने र पसल तथा रेष्टुरेण्ट सिल सम्म गर्ने अधिकार अनुगमन टोलीलाई दिइएको छ ।

यसैबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयमा काठमार्डौंका बिभिन्न क्षेत्रका संस्था र व्यक्तिहरुको उपस्थितिमा कोरोना संक्रमण नियन्त्रणको उपाय अवलम्बन गर्न छलफल भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अगुवाईमा बसिरहेको बैठकमा काठमाडौंका बिभिन्न क्षेत्रका आमा समूहका प्रतिनिधि, टोल विकास समूहका समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जोखिमपूर्ण क्षेत्रमा कोरोना नियन्त्रणका लागि आमा समूह, टोल विकास समितिलाई अख्तियारी प्रदान गर्ने गरी बैठक बसिरहेको बताइएको छ ।

समूहलाई जोखिम देखिएको सम्बन्धित क्षेत्रमा सिल गर्ने सम्मको अधिकार दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV