२५ श्रावण २०७७, आईतवार
  • रामगोपाल तमखु,

भक्तपुर, २५ साउन । भक्तपुरमा हात्ती गाडी र मोटरसाइकल एक आपसमा जुध्दा एकको मुत्यु भएको छ । भक्तपुर नगरपालिका–१० कमलविनायकका २९ वर्षीय मोटरसाइकल चालक सुमन श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

शनिबार राति च्याम्हासिंहबाट जागाती चोक तर्फ आउँदै गरेको बा१९च ३३८४ नम्बरको हात्ती गाडी र बिपरित दिशा जागातीबाट च्याम्हासिंह तर्फ जाँदै गरेको बा ६६प२८१० नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

घाइते श्रेष्ठलाई उद्दार गरी भक्तपुर अस्पताल पठाइएको थियो, तर चिकित्सकले श्रेष्ठलाई मृत घोषण गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गाडी चालक रामेछाप सुनापाटी गाउँपालिका–७ खनियापानी घर भई हाल काठमाडौंं शंखमुल बस्ने २१ वर्षीय नारायण बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत जागातीले थप अनुसन्धान गरिरहेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV