२५ श्रावण २०७७, आईतवार
  • अमर काफ्ले

इनरुवा, साउन २१ । गते इनरुवा बसपार्कमा स्वाब दिएका एक सय जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
स्थानीय नेता तथा औषधी व्यवसायी योगेन्द्रप्रसाद मेहतामा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगको कन्ट्याक ट्रेसिङका आधारमा एक सय जनाको स्वाब संकलन गरिएको थियो ।

स्वाब संलकन गरिएकाहरुमा अधिकांश नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु रहेका थिए । स्थानीय देखि जिल्ला, प्रदेश र संघीय तहका नेताहरुको कोरोना परीक्षण गरिएको थियो ।

संघीय सांसद सीताराम मेहता, प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइराला, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह सहित स्थानीय र जिल्ला तहका नेता, कार्यकर्ता लगायतको स्वाब संकलन गरिएको थियो ।

संक्रमण पुष्टि भएका व्यक्ति पार्टीको महाधिवेशन तयारीका क्रममा विभिन्न वडा र गाउँसम्म पुगेको पाइए पछि इनरुवामा समुदाय स्तरमा ठूलो संख्यामा स्वाब संकलन गरिएको थियो । संक्रमित पुरुष स्वयंले आफ्नो परिचय खुलाउँदै सम्पर्कमा आएकाहरुलाई परीक्षण गराउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV