२५ श्रावण २०७७, आईतवार

काठमाडौं, २५ साउन । ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आमरण अनसन तोडेका छन् ।

सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित आइतबार अभियन्ताले २३ औं दिनमा अनसन तोड्नुभएको हो । उहाँलाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पानी पिलाएर अनसन तोडाउनु भयो ।

‘इनफ इज इनफ’ र स्वास्थ्य मन्त्रालयबीच स्वास्थ्यकर्मी कसैलाई पीपीई अभाव भयो भने स्वास्थ्य मन्त्रालले तत्काल उपलब्ध गराउने, कोरोना नियन्त्रणमा भएको खर्च यथाशिघ्र सार्वजनिक गर्नेलगायतका १२ बुँदामा सहमति भएको छ ।

कोरोना नियन्त्रणमा सरकारका कामकारवाही प्रभावकारी नभएको भन्दै इनफ इज इनफ अभियन्ताहरुले खबरदारी गर्दै आएका छन् । सरकारलाई दबाव दिने उद्देश्यले यसअघि पनि असार २२ गते पनि ‘इनफ इज इनफ’ अनसन बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV