२५ श्रावण २०७७, आईतवार

काठमाडौँ, २५ साउन । नेपाल प्रति हेपाहा रवैया प्रस्तुत गर्दै आएका भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका छन् ।

भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिरया कार्यक्रममा बोल्दै विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका हुन्।

अन्तर्क्रियाका क्रममा उनले भारतले मात्र होइन यी दुईलाई यसरी चिन्ने पूरै विश्वले नै महान् भारतीयका रुपमा चिन्ने बताएका छन् ।

प्रश्नकर्ताले उनलाई पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टरजस्तै राष्ट्रिय स्वार्थलाई भन्दा विश्वव्यापी मान्यतालाई अघि राख्ने नेतृत्व भारतीय विदेश नीतिमा छ रु भन्ने प्रश्नमा उनले जवाफमा उनले ‘म हाम्रै इतिहासबाट दुई उदाहरण दिन चाहन्छु।

अहिलेसम्मका दुई जना महान भारतीय को हुन् ? जसलाई तपाईं सम्झन सक्नुहुन्छ रु,’ जयशंकरले भने,‘म भन्छु, एक जना गौतम बुद्ध हुन्। र अर्का महात्मा गान्धी हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ठीक ६ वर्षअघि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नेपाल बुद्ध भूमि भएको र सारा विश्वलाई शान्तिका लागि प्रेरित भएको उल्लेख गरेका थिए।

तर नेपालप्रति अनुदार भनेर चिनिएका विदेशमन्त्री एस जयशंकरले भने हाकाहाकी भगवान गौतम बुद्धलाई भारतीय भनेर पुनः नेपालप्रतिको आफ्नो असली र परम्परागत रवैया दोहोर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV