२५ श्रावण २०७७, आईतवार

काठमाडौं, २५ साउन । काठमाडौंको गोंगबुमा सुटकेशमा टुक्रा टुक्रा पारिएको शवका टाउको प्रहरीले फेला पारेको छ । आइतबार बिहानै गणेशथान सडकमा शव टुक्रा टुक्रा पारेर सुटकेशमा हालेर फालिएको अवस्थामा भेटिएको थियो । तर शवको टाउको भने फेला परेको थिएन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालो सुटकेशमा शवको टुक्रा भेटिएको दुई सय मिटरको पर जेब्रा झोलामा टाउको फेला हो । ‘शव फेला परेको ठाउँबाट दुई सय मिटर पर जेब्रा झोलामा टाउको फेला परेको छ ।हामी अनुशन्धानमा छौं  ।’ अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म अन्दाजी ४० ४५ वर्षका पुरुष रहेको र उनले सेतो भित्री गञ्जी लगाएको पत्ता लगाएको छ ।- महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताउनुभयो ।

स्थानीयले सडक किनारमा झोलाबाट रगत बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV