२५ श्रावण २०७७, आईतवार

काठमाडौँ, २५ साउन । देश छोड्ने निर्णय गरेको स्पेनका पूर्व राजा ख्वान कार्लोस संयुक्त अरब इमिरेट्स (युएई) पुगेको दाबी गरिएको छ। कार्लोस विशेष विमान मार्फत युएईमा अवतरण गरेको सार्वजनिक भएको तस्बिरमा देखिएको दाबी गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सार्वजनिक गरेको तस्बिरमा पूर्व राजा कार्लोस अबुधाबीमा विमानबाट झर्दै गरेको देखिएको छ ।

गत सोमबार स्पेनिस राजदरबारले कार्लोसले देश छाड्ने निर्णय गरेको जनाएको थियो । केही हप्ताअघि शुरु भएको भ्रष्टाचार अभियोगको अनुसन्धानमा कार्लोसको नाम पनि मुछिएपछि एकाएक उनले देश छाड्ने घोषणा गरेको जनाइएको थियो ।

८२ वर्षका पूर्व राजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराएका थिए । फेलिपेलाई ६ वर्षअघि कार्लोसले सत्ता हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV