२५ श्रावण २०७७, आईतवार

एजेन्सी, २५ साउन । स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलमा पुगेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नेपोलीलाई ३-१ पराजित गर्दै क्वाटरफाइनल पुगेको हो ।

शिर्ष १६ क्लबको दोस्रो खेलमा नेपोलीलाई ३-१ ले पराजित गरेको हो । यसअघिको खेलमा बार्सिलोनाले नेपोलीसँग १-१ को बराबरी खेलेको थियो । समग्रमा बर्सिलोनाको यो खेलमा ४-२ को जित हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सी, लेङ्लेटले र लुइस स्वारेजले एक एक गोल गरेका थिए । उता नेपोलीका लागि भने लोरेन्जो इन्साइनले गोल गरेका थिए। बार्सिलोनाले अब सेमिफाइन प्रवेशका लागि जर्मनी क्लब बायर्न म्युनिखसँग खेल्नेछ । गएराति दनै भएको खेलमा चेल्सीलाई पराजित गर्दै बायर्न बायर्न म्युनिखले क्वाटरफाइनलेको स्थान सुरक्षित गरेको छ ।

म्युनिखले चेल्सीबिरूद्ध ४-१ गोलको फराकिलो जित निकालेको हो । उसको जितका लागि रोबेर्ट लेवान्डोवस्कीले दुई तथा कोरेन्टिन टोलिसो र इभान पेरिसिचके १-१ गोल गरेका थिए । यसअघिको खेलमा पनि बायर्न म्युनिखले ३-० गोलको फराकिलो जित निकालेको थियो । यो सँगै समग्रमा बायर्नले ७-१ को जित निकालेको छ । गएरातिको खेलमा चेल्सीका तर्फबाट अब्राहमले एक गोल फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV