अस्ट्रेलियाको भिक्टोरियामा १ सय ४६ नेपाली कोरोना संक्रमित



प्रकाशित मिति : Aug 08, 2020

एजेन्सी, २४ साउन । अस्ट्रेलियाको भिक्टोरियामा १ सय ४६ नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।नेपालीमूलका १ सय ४६ संक्रमितमध्ये ४२ जना निको भएको जनाइएको छ । भिक्टोरियामा दैनिक सयौंको संख्यामा कोरोना संक्रमित भेटिएपछि त्यहाँका सरकारले केही दिनअघिबाट पूर्ण लकडाउन लगाएको छ । भिक्टोरियामा ६ साताका लागि साँझ ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्युसमेत लगाइएको छ ।

हालसम्म अस्ट्रेलिया २० हजार ६ सय ९८ कोरोना संक्रमित पुगिसकेको छ भने २ ७८ ले ज्यान गुमाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com