चियाले पोलेर १ वर्षीया बालिकाको मृत्यु, स्वास्थ्यकर्मीले लापरबाही गरेको आफन्तको आरोप



प्रकाशित मिति : Aug 08, 2020
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, २४ साउन । चियाले पोलेर कपिलवसतु नगरपालिका–८ मैनिहवाकी १ वर्षीया बालिकाको मृत्यु भएको छ । शनिवार गुलाम मुसलमानकी १ वर्षीया छोरी सोफियाको मृत्यु भएको हो ।

कपिलस्तु अस्पतालमा उपचारको क्रममा बालिकाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । सुद्धोधन गाउपालिकाको लवनी घर भएका गुलामले केही वर्षदेखि मैनिहवामा सोफिया आल्मुनियम पसल चलाएर बसको छन् ।

सोही पसलमा आमा खातुन निशाले चिया खाइरहेकी बेला तान्दा छोरीको छात्तिमा चिया पोखिएको थियो । तातो चियाले पोलेपछि घाइेते भएकी सोफियालाई तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो ।

तर, अस्पतालमा उपचार सुरु गरेको केही बेरमै छोरी सोफियाको मृत्यु भएको बुबा गुलामले बताए । उपचारको क्रममा अस्पतालको ईमरजेन्सी फाँटका कर्मचारीले गम्भीर लापरवाही गरको उनले आरोप लगाए ।

‘सास लिन अप्ठ्यारो भएको बेला छोरीलाई अक्सिजन नै दिइएन । मलाई औषधि लिन पठाइयो ।’ उनले भने, ‘औषधि खाएको केही बेरमै छोरीको मृत्यु भयो ।’

स्वास्थयकर्मीको लापरबाहीका कारण छोरीको ज्यान गएको भन्दै मृतक परिवार र छिमेकीहरुले प्रशासन कार्यालयमा शनिबार साँझ बिरोध प्रदर्शनश पनि गरेका छन ।

उनीरुहरुले लापरबाही गर्ने स्वास्थयकर्मीलाई कडा कारबाही गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com