२४ श्रावण २०७७, शनिबार

काठमाडौं, २४ साउन । ‘इनफ इज इनफ’ का अभियन्ता ईःले अनशन तोड्ने भएका छन् ।कोरोनाको सबल व्यवस्थापनको माग सम्बोधन हुने भएपछि आमरण अनशन बसेका ईःले अनशन तोड्ने भएका हुन् । उनी मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ । शुक्रबार पनि केही बुँदामा सहमति जुटेको जनाइएको छ ।

ईः आमरण अनशन बसेको २३ दिनमा औपचारिक रुपमा सम्झौता हुने भएको छ। आज शनिबार उनी अनशनमा बसेको २२ दिन पुगेको छ। अनशनको १७ औं दिनमा स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना भएका उनले अस्पतालबाट नै सत्याग्रहलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV