२४ श्रावण २०७७, शनिबार

काठमाडौं, २४ साउन । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अस्पतालमा आइसोलेसनको अभाव हुन थालेका छन् । संक्रमण पुष्टि मात्रै भएको र लक्षण नदेखिएमा विभिन्न अस्पतालमा नगई घरमै आइसोलेसनमा बसेर पनि संक्रमण मुक्त हुन सकिन्छ ।

जसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनको मापदण्ड अघि सारेको छ । हरेक दिन उपत्यकामा संक्रमितको संख्या बढीरहँदा आइसोलेसनको अभाव हुन थालेको छ भने गम्भीर लक्षण देखिएकालाई चिकित्सकले हेरचाह गर्नुपर्ने हुँदा अन्य संक्रमितले समयमा चिकित्सकसँग सल्लाह पनि नपाउन सक्छन् ।

त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनको व्यवस्था गरेको छ । यदि इच्छुक कोही घरमै आइसोलेसनमा बस्न चाहेमा अनुसूची पाँच बमोजिम मञ्जुरीनामा गराएर राख्न सकिन्छ ।

घरमै आइसोलेसनमा बस्न पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डः

– पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्ने ।

– छुट्टै बाथरूम र शौचालयको प्रयोग गर्ने ।

– आफु बस्ने कोठा आफै सफा गर्ने ।

– घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँमा नजाने ।

– नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २० सेकेन्डसम्म धुने । वा हात सफा राख्न अल्कोहल युक्त हेन्ड सेनिटाइजर प्रयोग गर्ने । हात नधोइ आँखा, नाक र मुख छुनबाट जोगिने ।

– प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग गर्ने भाँडा, तौलीया र रुमाल, ओछ्यान वा अन्य सामान घरका अन्य व्यक्तिसँग साझा प्रयोग नगर्ने । प्रयोग गरेपछि यी सामान साबन र पानीले सफासँग धुने ।

– आफ्नो शरीरको तापक्रम दैनिक दुई पटक जाच्ने ।

–दिनमा कम्तिमा दुई पटक संक्रमितका परिवारले संक्रमितको स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित चिकित्सकलाई जानकारी गराउने ।

–श्वासप्रश्वासमा समस्या भएमा, होस हराएमा वा अन्य कुनै जटिल अवस्था देखिएमा तुरुन्त चिकित्सकलाई जानकारी गराउने ।

– अन्य व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कलाई कम गर्न सक्दो प्रयास गर्ने ।

यसरी घरमै आइसोलेसनमा बसेर पनि आफूलाई संक्रमण मुक्त हुन सकिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV