तत्काल ‘लकडाउन’ या ‘सटडाउन’ गर्ने कुनै योजना नरहेको सीसीएमसीको प्रष्टोक्ति (भिडियो)



प्रकाशित मिति : Aug 08, 2020
  • प्रशान्त ठाकुर,

काठमाडौं, २४ साउन । कोरोना भाइरसको संक्रमणले काठमाडौं उपत्यकालाई जोखिमको क्षेत्रमा लपेट्दै गएपछि विशेष सतर्कता अपनाइन थालिएको छ ।

काठमाडौं उपत्यकामा जोखिम थप बढ्न नदिन बिभिन्न कदम चालिने तयारी गर्दै गर्दा सिंगो उपत्यकाकालाई तत्काल लकडाउन या सटडाउनमा लाने कुनै योजना नरहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले प्रष्ट पारेको छ ।

सीसीएमसीका संयोजक महेन्द्र गुरागाईले जोखिम क्षेत्रको पहिचान गरी त्यस क्षेत्रमा विशेष कदम चाल्ने अधिकार स्थानीय तहलाई दिइएको बताउनु भएको छ । उहाँले अहिले सिंगो मुलुकमा लकडाउन या सटडाउन गर्ने कुनै योजना नरहेको पनि प्रष्ट पार्नु भएको छ ।

साउन २५ गते आइतबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन नचल्नेदेखि, पसल बजार समेत नखुल्ने हल्लाले उपत्यकावासी चरम अन्यौलमा परे शनिबार दिनभर ।

तर, त्यस्तो केही तयारी नरहेको पनि सीसीएमसी र काठमाडौं उपत्यका भित्रका जिल्ला प्रशासन कार्यालयहरुले प्रष्ट पारेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com