काठमाडौं उत्पयकाका १ सय ३६ बढी स्थानमा संक्रमित फेला, उपत्यका ‘हट स्पट’ बन्दै (भिडियो)



प्रकाशित मिति : Aug 08, 2020

काठमाडौं, २४ साउन । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हट स्पट’ बन्न थालेको छ । दैनिक ५० भन्दा बढी मानिसहरुमा संक्रमण पुष्टि भएका छन् । शनिबार मात्र ६२ जनामा संक्रमण पुष्टि भयो ।

काठमाडौंमा तीव्र गतिमा फैलिएपनि सजगता भने देखिदैन । शुक्रबारको तथ्यांकले काठमाडौं उपत्यकाका १ सय ३६ बढी स्थानमा संक्रमित फेला परेका छन् । ति बाहेक अन्य क्षेत्र पनि संक्रमणको जोखिममा छन् । तर, आम नागरिकको चहल–पहल यथावत् छ ।

कोरोना भाइरसको महामारीले मुलुकको धेरै भाग प्रभावित बनेका छन् । ति मध्येपनि काठमाडौं उपत्यका सहित मुख्य शहरहरु बढी प्रभावित बनेका छन् ।

काठमाडौं वडा नम्बर ५ हाँडीगाउँमा त एकै परिवारका ११ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । हालसम्म काठमाडौं उपत्यकामा १ हजार ४४ जनामा संक्रमण देखिएको हो ।

त्यसमध्ये काठमाडौं जिल्लामा ८ सय २६, ललितपुर १ सय ३७, भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उपत्यकाका तीनै जिल्लामा वितेको २४ घण्टामा ६२ जनामा पोजेटिभ देखिएको छ ।

कोरोना पुष्टि भएकामध्ये ६० प्रतिशतभन्दा बढी उपत्यका बाहिरबाट आएका छन् । तिमध्ये पनि प्रदेश २ बाट आउने धेरै भन् भने भारतबाट आएका पाँच जना छन् । काठमाडौं यो कारणले पनि जोखिममा छ कि, उपत्यकामा नमूना परीक्षण गराएकामध्ये पोजिटिभ देखिएका केही सम्पर्क बाहिर छन् ।

साउन १ देखि दोस्रो सातासम्ममा उपत्यकामा दैनिक १५ को हाराहारीमा संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकाका जोखिम क्षेत्रः

काठमाडौं :

  • –काठमाडौं महानगरपालिका वडा नं. २२ ले न्युरोड, इन्द्रचोक क्षेत्र,
  • –खिचापोखरी,
  • –काठमाडौं महानगरपालिका वडा नं २६ मा पर्ने असन सहितका क्षेत्र,
  • –कालीमाटी, टेकु क्षेत्र,
  • –बागबजार, पुतलीसडक क्षेत्र,
  • – माछापोखरी, सामाखुसी, गोंगबु क्षेत्र,
  • –काठमाडौं महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँ, टंगाल क्षेत्र,
  • –काठमाडौं वडा नम्बर १९ को याक्या लगायतका क्षेत्र,
  • –वनस्थली, सीतापाइला, बालाजु आसपासका क्षेत्र,
  • –बाँसबारी, त्रिवि शिक्षण अस्पताल आसपासका क्षेत्र,
  • –विजुली बजार, बुद्धनगर, घट्टेकुलो आसपासका क्षेत्र,
  • – बूढानीलकण्ठ, धुम्बाराही, कोटेश्वर, नक्साल, तथा ताल्छीखेल,
  • –बल्खु, बालुवाखानी, बौद्ध, भंगाल, चाबहिल, दक्षिणढोका, जोरपाटी,
  • –कलंकी, कीर्तिपुर, सोह्रखुट्टे,
  • –बाफल, बसुन्धरा, धापासी,
  • –डल्लु, डिल्लीबजार, गोठाटार, कुलेश्वर

यी बाहेक काठमाडौं जिल्लाका अन्य क्षेत्रपनि कोरोना संक्रमणको जोखिममा रहेका छन् ।

ललितपुरः

  • –कुपण्डोल, पुल्चोक लगनखेल आसपासका क्षेत्र,
  • –इमाडोल, महालक्ष्मी, चापागाउँ लगायतका क्षेत्र,
  • –खुमलटार लगायतका क्षेत्र,
  • यी बाहेक पनि ललितपुरका अन्य क्षेत्रमा कोरोना संक्रमित फेला परेका छन् ।

भक्तपुरः

  • – दुवाकोट, सूर्यविनायक लगायतका क्षेत्र

भक्तपुरका विभिन्न स्थान पनि उच्च जोखिममा रहेका छन् । काठमाडौंमा बढ्दो संक्रमणले जोखिम थप बढाएको छ । नमूना परीक्षण गराउँदा कतिपय व्यक्तिले काठमाडौं उपत्यकाको ठेगाना खुलाएका हुँदैनन् ।

जसका कारण एकीन तथ्यांक आउन नसकेको इपीयोडोमोलोजी शाखाले जानकारी दिएको छ । पीसीआर काठमाडौं उपत्यकामा गराउँदा संक्रमण देखिए यतै व्यवस्थापन गरिन्छ । काठमाडौं उपत्यकामा सुरक्षित हुन आफैं सजग हुनुपर्ने देखिन्छ ।

क्षेत्र शीलः

काठमाडौं महानगरपालिकाले हाँडीगाउँ कोटाल टोलमा शील गरेको छ । त्यस क्षेत्रमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका छन् । यस्तै न्यूरोड, महाबौद्ध, प्यूँखा, महाकाल आसपासका क्षेत्रमा पनि सिल गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com