२४ श्रावण २०७७, शनिबार
  • भगतराम थारु,

नेपालगञ्ज, २४ साउन । बाँकेको नेपालगञ्ज भेरी अस्पतालमा उपचाररत महिलामा कोरोना पुष्टि भएपछि भेरी अस्पतालको प्रसुति वार्ड सिल गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ की २८ गर्भवती महिलामा शनिवार कोरोना पुष्टि भएपछि अस्पतालको प्रसुति वार्ड सिल गरिएको हो ।

तीन दिनअघि लिइएको स्वाबको रिपोर्ट शनिबार पोजेटिभ आएपछि प्रसूति वार्ड सिल गर्नुपरेको मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश थापाले बताए । बिहीबार शल्यक्रिया गरेर बच्चा निकाल्ने तयारी भइरहेको समयमा उक्त महिलालाई अचानक ज्वरो आएपछि कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब निकालिएको थियो ।

उक्त महिला अस्पतालमा बसेकी हुनाले अन्यलाई समेत संक्रमण फैलिएको आशंका गरिएको हुनाले प्रसूति वार्ड सेनिटाइज गर्नका लागि सिल गरिएको डा. थापाले बताए । ती महिलालाई थप उपचारका लागि नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV