२४ श्रावण २०७७, शनिबार

एजेन्सी, २४ साउन । न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोले न्यूयोर्कमा कोरोना भाइरसको दर कम भएको कारण स्कुल खोल्न सक्ने बताएका छन् ।अमेरिकाको न्यूयोर्क कोरोना संक्रमणको केन्द्र हो। तर त्यहाँका सरकारले न्युयोर्कमा गत १४ दिनसम्मको औसत ५ प्रतिशत भन्दा कम रहेको भन्दै अब स्कूल खोल्न सक्ने जनाएको छ ।

गभर्नर कुमोले भनेका छन्, ‘बिहीबार कोरोना टेस्टमा केवल एक प्रतिशत केस मात्र सकारात्मक पाएको थियो।’ देशमा संक्रमण दर सबै भन्दा राम्रो स्थिति रहेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV