२४ श्रावण २०७७, शनिबार

एजेन्सी, २४ साउन । बलिउड अभिनेता अभिषेक बच्चन कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

अभिषेकको शनिबार गरिएको कोरोना परीक्षणको नतिजा नकारात्मक आएको जनाइएको छ । उनले ट्वीट मार्फत आफू कोरोना नेगेटिभ रहेकोबारे जानकारी दिएका छन्। उनले आफ्नो ट्वीटरमा नानावटी अस्पतालका डाक्टर र नर्सहरूलाई धन्यवाद दिएका छन्।

अभिषेक बच्चनका बुबा अमिताभ बच्चन पनि केहि दिा अगाडि घर फकिएका थिए । बच्चन परिवारमा अमिताभ,अभिषेक बाहेक, ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्या बच्चन पनि कोरोनाबाट संक्रमित भएपछि निको भएकक छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV