२४ श्रावण २०७७, शनिबार

राजविराज, २४ साउन । सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–१६ बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घर नजिकै डुलिरहेका अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो । उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पु¥याइएको थियो । थप उपचारका लागि धरान लगिने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


यस्तै सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घोमा आज बिहान सर्पको टोकाइबाट एक किशोरी सिकिस्त भएकी छिन् । स्थानीय विन्देश्वर शर्माको २३ वर्षीया छोरी राधा शर्मालाई विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ ।

गाईगोठमा काम गरिरहेका अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो । उनको उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV