२४ श्रावण २०७७, शनिबार
  • सुमन कार्की

पाल्पा,२४ साउन । पाल्पाको सुन्दर रमणीय पर्यटकीय क्षेत्रको रुपमा चिनिने साथै एसियाको ताजमहल समेत भनेर मानिने रानी महल पुग्ने सडकको बाटोको पिच गर्न थालिएको छ ।

पाल्पाको सदरमुकामदेखि करिव १३ कि.मि.टाढा पर्ने रानीमहलको बाटो यस अघि नै  करिव ७ कि.मि. पिच गरिसकिएकाे थियाे । बाँकी अवलदेखि रानी महल सम्मको ६.५ कि.मि. कच्ची सडक पिच हुन लागेको हो ।

सडक पूर्वाधार विकास कार्यालय पाल्पाको करिव रु १२ करोड ७३ लाख ८७ हजारको लगानीमा ६.५ कि.मी सडक पिच गर्ने, वाललगाउने र नाली वनाउने गरि २०७६ फागुन २२ गते ठेक्का सम्झौता गरि २०७८ जेष्ठ २१ गते सम्म काम सम्पन्न गर्ने गरि लोहनी एण्ड ब्रर्दस लोहनी एण्ड सन्स जे.भि.कन्सट्र्क्सनलाई दिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख प्रेम नारायण बस्यालले जानकारी गराउनुभयाे ।

नेपालमा कोरोना भाइरसको जोखीम अवस्था कायमै रहेको भएता पनि कन्स्ट्र्क्सनले बाटोको काम समाजीक दुरी कायम गर्दे काम धमाधम गरिरहेको र आगामी २०७८ असार समान्त भित्र सम ६.५ कि.मी. पिच साथै वाल तथा नाली वनाउने काम सक्ने गरि लागी परेको कन्सट्र्क्सनका प्रमुख अशोक लोहनीले वताउनुभयो ।

पाल्पाको रानीमहलमा आन्तरीक मात्र नभई वाह्य पर्यटकहरुको पनि धेरै मात्रामा आगमन हुने हनाले पनि स्तरीय वाटो हुनु पर्ने र वाटो राम्रो नहुदा यस्ले रानीमहल आउने पर्यटक हरुको संख्यामा समेत असर पुर्याउने गरेकको भन्दै वाटो पिच भए संगै पर्यटकहरु समेत वृद्धि हुने आशा लिदै यो वाटो पिच हुनु समग्र पाल्पालीहरुको र पाल्पावासीहरुको लागी खुशीको कुरा बताउदै होटेल व्यवसायमा समेत फाइदा पुग्ने स्थानिय रिर्सोट संचाकल वसन्त कुवंर वताउनु हुन्छ ।

रानीमहलमा वर्षोनी हजारौ स्थानिय तथा वाह्य पर्यटकहरु आउने गर्दछन् । रानी महल सम्म पर्यटकहरु पुग्नको लागी वाधकको रुपमा अहिले सम्म वाटो नै वनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV