भारत केरला विमान दुर्घटना अपडेट : दुई पाइलटसहित ११ को मृत्यु, ५० यात्रु घाइते



प्रकाशित मिति : Aug 07, 2020

एजेन्सी, २३ साउन । भारतको केरलामा भएको विमान दुर्घटनामा दुई पाइलटसहित ११ जनाको मृत्यु भएको छ । त्यस्तै ५० जना यात्रु घाइते भएका छन् । घाइते मध्ये १५ जनाको अवस्था गम्भीर रहेको केरला प्रहरीले जनाएको छ ।

शुक्रबार दुबइबाट भारत आएको विमान अवतरणको क्रममा कोझिकोड विमानस्थलको धावनमार्गबाट चिप्लेर दुर्घटना भएको थियो । विमानमा १० शिशु, दुई पाइलट र चार परिचारकसहित १ सय ७४ यात्रु थिए ।

दुर्घटनापछि विमान टुक्रा-टुक्रा भएको छ । दुर्घटना स्थलबाट धेरैजसोको उद्दार भइसके पनि ४ जना भने विमान भित्रै अड्किएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमान दुर्घटनाप्रति दुख: व्यक्त गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com