महाराजगञ्जस्थित अमेरिकन दुतावास अगाडि मोटरसाईकल दुर्घटना, २ युवक घाइते



प्रकाशित मिति : Aug 07, 2020

काठमाडौं, २३ साउन । काठमाडौंको महाराजगञ्जस्थित अमेरिकन दुतावास अगाडि मोटरसाईकल दुर्घटना हुँदा २ युवक घाइते भएका छन् । शुक्रबार राति १० बजेर  २० मिनेट जाँदा टिचिङ अस्पतालबाट चक्रपथतर्फ जाँदै गरेको प्रदेश २- ०२००१ प २२७६ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको बा ४ ख २६२५ ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

file photo

घाइतेहरु दुवैजना मोटरसाइकलमा सवार रहेका युवक रहेको प्रहरीकाे भनाइ छ । उनीहरूलाइ उपचारको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । उनीहरुको परीचय भने खुल्न सकेको छैन । रोकिराखिएको ट्रकका चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com