भारतको केरलास्थित कोझिकोट एयरपोर्टमा चिप्लिएर एयर इन्डियाको विमान दुर्घटना, कयौं घाइते



प्रकाशित मिति : Aug 07, 2020

काठमाडौं, २३ साउन । छिमेकी राष्ट्र भारतको केरलास्थित कोझिकोट एयरपोर्टमा एयर इन्डियाको विमान दुर्घटना भएको छ । शुक्रबार १८९ यात्रु सवार एयर इन्डिया एक्सप्रेसको बोइङ–७३७ विमान चिप्लिएर दुर्घटना भएको हो ।


दुर्घटनापछि विमान दुई टुक्रा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जानकारी अनुसार उक्त विमान १८९ यात्रु लिएर दुवईबाट कालीकट आएको थियो । यस दुर्घटनामा कयौं घाइते भएका जनाइएको छ ।

भारी वर्षाका कारण रनवे मै चिप्लिएर विमान दुर्घटना भएको जनाइएको छ । जहाँ १८९ जना यात्रु र ६ जना क्रु मेम्बर थिए । उद्दारका लागि एनडीआरएफको एक टिम कोझिकोट हिँडिसकेको जानकारी गराइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com