वीरगञ्जस्थित नारायणी अस्पतालमा ज्यान गुमाएका एक पुरुषमा कोरोना पुष्टि



प्रकाशित मिति : Aug 07, 2020

काठमाडौं, २३ साउन । शुक्रबार विहान वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा ज्यान गुमाएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

इमर्जेन्सी कक्षमा उपचारका क्रममा वीरगञ्ज–३ छपकैयाका ५७ वर्षीया उक्त पुरुषको मृत्यु भएको थियो ।

खोकी र श्वासप्रश्वासमाको समस्या देखिएको उक्त पुरुषको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com