२३ श्रावण २०७७, शुक्रबार

दोलखा, २३ साउन । भीमेश्वर नगरपालिका, दोलखाका सल्लाहकार तथा द्वाल्खा म्यासमुचा खलकका संरक्षक सकुना श्रेष्ठले पूण्यश्वर महादेवको सभाकक्षको लागि विभिन्न सामग्री सहयोग गरेकी छन् ।

समाजसेवी श्रेष्ठले पाखलती सहयोग समितिबाट निर्मित पूण्यश्वर महादेवको सभाकक्षको लागि सोफासेट सहयोग गरेकी हुन् । त्यस्तै, भीम माध्यमिक विद्यालय, दोलखा स्काउटका विद्यार्थीहरुलाई ड्रम सेट, बाल मन्दिर प्रा.वि., दोलखालाई शैक्षिक सामग्री सहयोग गरेकी हुन् ।

शुक्रबार अभयपुर युवा समूह दोलखा, टाइगर टिम तिखातल, अभयपुर युथ लेडिज ग्रुप दोलखा, फुलपा युवा समूह, फुलपाले भीमेश्वर नगरपालिका–२ मा आयोजना गरेका एक कार्यक्रमका बीच समाजसेवी श्रेष्ठले भीमेश्वर नगरपालिका प्रमुख भरत केसीद्वारा उक्त सामग्रीहरु हस्तान्तरण गरेकी हुन् ।

उक्त कार्यक्रममा अभयपुर टोल विकास समितिका सचिव अमित श्रेठ, अभयपुर टोलविकास समितिका अध्यक्ष अजय प्रधान, भिमेश्वर नगरपालिका–२ का वडा सचिव एवं नेपाल रेडक्रस जिल्ला उपशाखा दोलखाका सभापति विना श्रेष्ठ, टाइगर टिम तिखातलका अध्यक्ष कुमार श्रेष्ठ, अभयपुर युथ लेडिज ग्रुपका टिम लिडर जानकी तमाङ, अभयपुर युवा समूहका संयोजक प्रकाश शिवाकोटी लगायत उपस्थित थिए ।

उनीहरुले समाजसेवी सकुना श्रेष्ठलाई आभार प्रकट गरे । त्यस्तै, नगर प्रमुख भरत केसीले ‘धन सबैको हुन्छ तर, मन कमैको हुन्छ’ भन्दै समाजसेवी श्रेष्ठलाई धन्यबाद दिए । सोही कार्यक्रममा अन्य दाताहरु अमृत ब.श्रेष्ठ, अधिवक्ता सुब्बा श्रेष्ठ, प्रेम ब.श्रेष्ठ, कृष्ण ब.श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

  

प्रतिक्रिया दिनुहोस्

LIVE TV