२३ श्रावण २०७७, शुक्रबार
  • उत्तम पौडेल,

कास्की, २३ साउन । मुलुकका विभिन्न भागमा संक्रमित तीब्र रुपमा बढिरहेका छन् । संक्रमितलाई कहाँ राख्ने ? चिन्ता सुरु भएको छ ।

विरामी राख्ने आइसोलेशन नै छैन, नत भेन्टिलेटर नै पर्याप्त छ । गण्डकी प्रदेशमा पनि यही समस्या सुरु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेशन वार्ड गण्डकी प्रदेशकै ठूलो आइसोलेशन हो ।

तर, यो भरिएसँगै प्रदेश सरकार चिन्तित बनेको छ । शुक्रबार मात्रै कोरोना संक्रमित १० जना भेटिएका छन त्यसमध्ये ८ जना पोखरा महानगरपालिका भित्रका हुन् ।

२४ लाख जनसंख्या रहेको गण्डकी प्रदेश भर ३८ आइसोलेशनस्थल रहेका छन्, त्यसमा १ हजार ३ सय ९७ बेड रहेका छन् । प्रदेशको राजधानी रहेको कास्की जिल्लामा शुक्रबारसम्म संक्रमितको संख्या ५० पुगिसक्यो ।

तर, पोखरामा ४० वटा मात्र आइसोलेशन बेड रहेका छन् । अरु संक्रमित कहाँ राख्ने ? चिन्ता सुरु भएको छ । सरकारले तोकेको लेखनाथको कोरोना अस्पतालमा आईसीयू ब्यवस्था नै छैन भने जम्मा ४ वटा मात्र बेड रहेको र त्यसमा पनि एउटा मात्र भेन्टिलेटर रहेको छ ।

कास्कीमा भेन्टिलेटरको अभावका कारण संक्रमितहरु क्वारेन्टिमा राखिएको छ । हालसम्म गण्डकी प्रदेशमा निको भएर फर्कनेको संख्या १ हजार ३ सय ८३ रहेको छ । त्यस्तै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

मुलुकभर संक्रमण तीव्ररुपमा फैलिरहँदा गण्डकी प्रदेश पनि अछुतो छैन । भयावहको अवस्था आउनुअघिको पूर्व तयारी अझै देखिदैन ।

प्रदेशको आइसोलेशन भरिए पछि संक्रमितहरु घरमै बस्न बाध्य छन । यस्तो अवस्थामा संक्रमण थप फैलिन सक्ने चिन्ता पनि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV