प्रदेश २ : थप १७९ जना नयाँ संक्रमित थपिए, ४९ जना निको भए



प्रकाशित मिति : Aug 07, 2020
  • घनश्याम मिश्र,

जनकपुरधाम, २३ साउन । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा १ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पर्साका १ सय ३३ जना, सप्तरीका १८ जना, धनुषाका १० जना, सर्लाहीका ९ जना, बाराका ५ जना र रौतहटका ४ जना गरी कुल १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेश नम्बर २ मा संक्रमितको संख्या ५ हजार ५ सय १४ पुगेको छ । संक्रमितमध्ये ४ हजार ९ सय ७४ जना पुरुष र ५ सय ४० जना महिला रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा यस प्रदेशमा ४९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका ४४ जना, धनुषाका १ जना र पर्साका ४ जना रहेका छन् ।

हालसम्म प्रदेश २ मा सप्तरीका ३ सय ९८ जना, सिरहाका १ सय ६६ जना, धनुषाका ५ सय ९५ जना, महोत्तरीका ३ सय ६१ जना, सर्लाहीका ६ सय ५२ जना, रौतहटका ७ सय ५० जना, बाराका १ सय ७० जना र पर्साका २ सय १२ जना गरी कुल ३ हजार ३ सय ४ जना डिस्चार्ज भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com