कोरोनाको महामारीबीच अदालतको आदेशको नाममा एक परिवार सडकमा हुत्याइए (भिडियो)



प्रकाशित मिति : Aug 07, 2020
  • गोविन्द कुँवर,

काठमाडौं, २३ साउन । कोरोना महामारीले मानिसहरु त्रसित मात्र छैनन्, काम गर्न नपाउँदा भविष्यकै चिन्ता सुरु भएको छ । यस्तो प्राकृतिक विपत्तिका बेला राज्यले राहत दिनुपर्नेमा उल्टै आहत दिएको सुन्दा जो कोहीको मन पग्लिन्छ ।

यस्तै भएको छ, काठमाडौंको पानीपोखरीमा । यो महामारीमा घरबाट जबर्जस्ती सडकमा आउनु परेको छ केही परिवारले । यो दृश्य हो, शुक्रबार पानीपोखरीस्थित एउटा घरमा भाडा तिरेर बसेका परिवारलाई राज्य पक्षले नै गलहत्याएको छ । तर, यो घरवेटीका कारण नभइ घरवेटी आफैं पनि बेघर बनेका छन् ।

सरकारले कोरोना संक्रमणको बेला काठमाडौँका घरबेटीहरुलाई संक्रमणकालमा घरबाट ननिकाल्न र भाडा छुटदिन आग्रह गरेको छ । तर न्याय दिने अदालतकै कर्मचारीले भने भाडा तिरेर बसेका परिवारलाई बाहिर निकालेर बिचल्ली पारिदिएका छन् ।

२०७१ सालमा पञ्चनारायण मर्हजनको ७० लाखमा राम राचनले किनेको दाबी गरेका छ । घर सम्बन्धी जिल्ला अदालतमा मुद्दा परे पनि घर खरिदले मुद्दा जितेको र जिल्ला अदालतले बाम्बार घर खाली गर्न सूचना जारी गर्दा पनि घर खाली नभएकाले अदालतको आदेश अनुसार जर्बजस्ती घर खाली गर्नु परेको जिल्ला अदालतका कर्मचारीहरुको भनाइ छ ।

यता पञ्चनारायण मर्हजनकी परिवारले भने आमाको नामा रहेको घर जेठी छोरीले आमालाई जालझेल गरेर अरुलाई बेच्न लगाएको दाबी गरेका छन् । २०७१ सालमा ७० लाखमा आमाले घर बेचेको भएता पनि आमाको खातामा पैसा नभएकोले घरमा जालझेल भएको उनीहरुको भनाइ छ ।

तर यता मर्हजनको परिवारको तर्फबाट मुद्धा लडिरहेका वकिलले पनि घर अदालतका कर्मचारी र खरिद गर्ने मानिसले नक्कली हस्तक्षतर गरेर घर कब्जा गरेको आरोप लगाएका छन् ।

मर्हजनले मालपोतमा नामासारी गरेको कागजमा घर नभएर जग्गा उल्लेख गरेको तर अदालतका कर्मचारीले उच्च अदालतमा मुद्धा चालु हुँदाहुँदै घर खाली गरेको बताएका छन् ।

यता कुरा घर किन्नेको र बिच्नेको होइन्,सरकारले घरबेटीलाई भाडा छुटदिन र कसैलाई घरबाट ननिकाल्न आग्रह गरिरहँदा अदालतका कर्मचारीबाट सरकारको आदेशको उपहास भएको छ । त्यसमाथि उच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा के जिल्ला अदालतको निर्णय नै अन्तिम न्याय हो र भन्ने प्रश्न पनि उठाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com