विज्ञानले बाटो देखाइसक्यो तर धामी झाक्री नै अझै विश्वास वाहक बन्दै (भिडियो)



प्रकाशित मिति : Aug 07, 2020
  • युवराज श्रेष्ठ,

रामेछाप, २३ साउन । मानिसको उपचारमा आधुनिक चिकित्सा विज्ञानले फड्को मारेको छ । तर, धेरै मानिसहरु अहिले पनि अस्पतालको साटो धामी झाँक्रीमै विश्वास गर्छन् । दूरदराजमा मात्र नभइ शहरमा पनि अन्धविश्वास उस्तैछ ।

रामेछापको मन्थली नगरपालिकाको चनखुका स्थानीयमा उपचारको लागि धामी झाक्री राख्ने चलन अझै व्याप्त छ । जिल्ला सदरमुकाम समेत रहेको यो नगरपालिकामा अस्पताल, स्वास्थ्य चौकीहरु पनि छन् ।

तर केही मानिसहरु विरामी भए भने अस्पताल नभइ धामी झाँक्रीकोमा पुग्ने गरेका छन् । स्वास्थ्यकर्मी भन्दा उनीहरु धामी झाँक्रीलाई बढी विश्वास गर्छन् ।चेतनास्तरसंगै गरिबी र गाउँमा स्वास्थ्यकर्मी नभेटिने समस्याले पनि उनीहरु धामी झाँक्रीको भर पर्न बाध्य छन् ।

विरामी हुँदा उनीहरु अस्पताल जाँदैनन् । धामीझाँक्रीले फुकेपछि निको हुँने अन्धविश्वासमा छन्, उनीहरु । उनीहरुमा झारफूक गरेर धामीले दिएको औषधिले मात्र विरामी निको हुने भ्रम छ ।

उनीहरुलाई धामी झाँक्री प्रति यति अन्धविश्वास छ कि स्वयम् धामी झाँक्रीले नै अस्पताल जान आग्रह गर्दा पनि उनीहरु अस्पताल जाँदैनन् । अझ विदेश गएकाहरु समेत स्वास्थ्यमा समस्या आए फोनबाटै भएपनि झारफुक गरिदिन आग्रह गर्छन् ।

औषधि नपाउनु, चिकित्सक नहुँनु जस्ता समस्याका कारण धामी÷झाँक्री नै उपचारका लागि पहिलो प्राथमिकतामा परेको हुनसक्ने स्थानीय जनप्रतिनिधिहरुको तर्क छ ।

यसरी स्थानीयहरु धामीझाँक्रीको भर पर्न थालेपछि विरामीलाई अस्पताल पठाउने धामीझाँक्रीलाई वडा कार्यालयले सम्मान गर्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com