२३ श्रावण २०७७, शुक्रबार

काठमाडौं, २३ साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसद्वारा गठित कोरोना अनुगमन समितिले महामारी नियन्त्रणमा काम गरिरहेका चिकित्सकहरुको अवस्थाबारे नेपाल चिकित्सक संघसंग छलफल गरेको छ ।

सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले आज संघको कार्यालयमा पदाधिकारीहरुसँग छलफल गरेको हो । स्वास्थ्यकर्मीले भोगिरहेका समस्या र समाधानका विकल्पमा छलफल केन्द्रित थियो ।

छलफलमा महतले महामारी नियन्त्रणमा पहिलो लाइनमा रही सेवा गरिरहेका चिकित्सकहरुको मनोबल उच्च राख्न सरकारले सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले कोरोना संक्रमित बढ्दै गएको अवस्थामा पूर्वतयारीलाई तीव्र बनाउनुपर्ने पनि बताउनुभयो ।

छलफलमा चिकित्सक संघका अध्यक्ष डा।लोचन कार्कीले कोरानो संक्रमित बढ्दै जाँदा बिरामीले बेड नै नपाउने अवस्था आउन सक्ने बताउनुभयो । स्थानीय तहमा कोरोना बिरामीका लागि गरिएको पूर्वतयारी पर्याप्त नभएको समेत उहाँको गुनासो थियो ।

सीमानाका भएर आउनेहरुको स्वास्थ्य व्यस्थापनको उचित प्रवन्ध गर्ने र परीक्षणको दायरा बढाउनुपर्ने, आईÞसोलेसन बेड, भेन्टिलेटरसहित कोभिड अस्पतालको संख्या बढाउनुपर्ने र बिरामी उपचारको ब्यवस्था यथाशीघ्र छिटो मिलाउनुपर्ने लगायतमा सरकारले बिशेष ध्यान दिनुपर्ने छलफलमा सहभागीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV