२३ श्रावण २०७७, शुक्रबार
  • तारा आचार्य

विराटनगर, २३ साउन । एक सातादेखि ज्वरो खोकी र श्वासप्रश्वासको समस्या भएका पुरुषको शुक्रबार विहान कोशी अस्पताल आइसोलेसनमा मृत्यु भएको छ । आइसोलेसनमा पुर्याएर जाँच गर्दा उनको भृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

विराटनगर ९ का ५८ बर्षीया पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको हो । मृत्यु भइसकेको भए पनि कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएको र निमोनिया पनि भएकाले पीसीआर टेष्टको लागि स्वाब लिइएको र रिपोर्ट पोजिटिभ आएको कोशी अस्पतालका मेसु चुमनलाल दासले जानकारी दिनुभयो ।

विहान ९ : ४५ मा अस्पताल आएका उनको ३ बजे प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजिटिभ आएको थियो ।
यो संगै मोरङमा मृत्यु हुने ५ जनाको पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV