२३ श्रावण २०७७, शुक्रबार

काठमाडौं, २३ साउन । आफ्ना ग्राहकहरुको लागि सँधै उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैंक लिमिटेडद्वारा इजिलियन्ट टेक्नोलोजिज्, इन्डियासँगको सहकार्यमा थ्रीडी सेक्युर सेवा प्रारम्भ गरेको छ ।

उक्त सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरिद गर्न मात्र सीमित नभई अब सो कार्डहरबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिने भएको छ ।

थ्रीडी सेक्युर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वान टाइम पासवर्ड (ओटीपी) आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् ।

थ्रीडी सेक्युर सेवामा कार्ड र ओटीपी दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV