२३ श्रावण २०७७, शुक्रबार

काठमाडौं, २३ साउन । अभिनेता अनमोल केसी पनि कोरोना परीक्षणको कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । यामाहा बाइकको कार्यालयका ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै अभिनेता केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

केही दिन अगाडि मात्रै यामाहाको ब्रान्ड एम्बासेडर रहेका अभिनेता केसीले विज्ञापनका लागि फोटोसुट गराएका थिए । अभिनेता केसी र अभिनेत्री उपासना सिंह ठकुरीले फोटोसुट गराउने क्रममा यामाहाको कार्यालयका एक जना महिला कर्मचारी पनि उपस्थित थिइन् ।

उक्त महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै अभिनेता केसी र अभिनेत्री ठकुरी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

यामाहाको टिमले जानकारी गराएसँगै आफूले कोरोना परीक्षण गराएको तर, हालसम्म रिपोर्ट आइनसकेको अभिनेता केसीको भनाइ छ । रिपोर्ट नआइञ्जेलसम्म घरमै आइसोलेसनमा रहने पनि अभिनेता केसीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV