२३ श्रावण २०७७, शुक्रबार
  • अभिमन्यु लामीछाने

उदयपुर २२, साउन । उदयपुरमा अवैधरुपमा उत्खनन गरेर राखिएको ढुंगा प्रहरीले नियन्त्रणमा लिएको छ। करीब २८ सय घनमिटर बराबर अबैध ढुंगा प्रहरीले उदयपुरगढी गाउपालिका ७ कोल्टे गाउमा थुपरिएको अबस्थामा नियन्त्रणमा लिएको छ ।

जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी आएसँगै अवैध रुपमा बालुवा, गिटी र ढुंगा चोरी निकासी गर्ने सवारीसाधानहरु समेत प्रक्राउ पर्न थालेका छन् ।
जिल्लाभित्र प्राकृतिक स्रोत साधनहरु अनाधिकृत रुपमा दोहन गरी चोरी निकासी गर्ने समुहहरुलाई नँया प्रजिअ चक्रपाणी पाण्डेले कडाई गरेका छन् ।

वर्षातको समयमा नदिजन्य पदार्थ उत्खन्नलाई सरकारले रोक लगायता पनि उदयपुरमा भने उत्खन्न तथा चोरी निकासी नरोकिएपछि प्रजिअ पाण्डेले कडाई गरेसँगै अवैध रुपमा उत्खन्न गरि थूपारीएको ढुंगा प्रशासनले नियन्त्रण गरेको छ ।

अवैध उत्खननको कारण जिल्लाको उदयपुरगढी गाँउपालिका ७ स्थीत बलान गाँउ नै विस्थापित हुने अबस्थामा रहेको छ । केही दिन पहिले मात्र प्रहरीले सोहि खोलाबाट ७ ट्याक्टर अवैध ढुङ्ग्गा सहित नियन्त्रणमा लिएको थियो ।

प्रहरीले सक्रियता बढायो

जिल्ला भित्र अवैध रुपमा कुनै पनि गतिविधी गर्ने व्यक्ति वा समुहलाई नछोड्ने र कानुनको दायरामा ल्याउने उनले बताए । दाहालले भने ‘विशेष गरि जिल्ला भित्र नदिजन्य पदार्थहरुको उत्खन्न गरि ढुंगा,गिट्टी र बालुवाको चोरी निकासी बढी भएकाले प्रहरीले यसलाई रोक्नलाई सक्रियता बढाएको छ ।’

 खोलाको दोहनले सिचाईको नहर नै भत्कियो

अवैध रुपमा बालुवा, गिटी र ढुंगा चोरी निकासीको कार्यले सिचाईको नहरै भत्काइदिएको छ । पाँच सय घर परिवारका लागी तीन करोड २० लाख लागत निर्माण गरिएको नहरनै भत्काएर बिचौलियाले ढुंगा, बालुवा उत्खन्न गर्ने गरेको पाइएको छ । अबैध खोला उत्खन्नले गाँउ नै विस्थापित हुनका साथै दशौं विगाहा खेत समेत खोलाले बगाइदिएको छ ।

प्रहरीकै मिलेमतोमा चोरी निकाशी

प्रहरी र वन कार्यालयका कर्मचारीकै मिलेमतोमा चोरी निकाशी हुने गरेको स्थानीय शुभनारायण यादवले आरोप लगाए । उनले भने ‘प्रहरीमा उजुरी गर्दा प्रहरीले बिचौलियालाई फोन गरेर हामी पक्राउ गर्न आउँदैछौं, तिमीहरु भाग्नु भनेर प्रहरीले नै भगाउने गरेको पाइएकाे छ ।’ यो विषयमा आफू नयाँ भएकाले थाहा नपाएको र प्रहरीको मिलेमतो भए अनुसन्धान गरेर कारबाही गर्ने एसपी दाहाल बताए ।

स्थानीय लाई धाक धम्की

बलान खोला उत्खन्न गरेको विषयमा स्थानीयले बिरोध जनाउँदा स्थानीय सामुदायिक वनका अध्यक्ष र्शेपा बहादुर खपांगीले ज्यान मार्ने धम्की दिएको स्थानीय रुद्र बहादुर खत्रीले बताए ।

स्थानीयका अनुसार फोनबाट प्रहरीलाई खबर गर्नेको उल्टै प्रहरीले नै बिचौलियालाई नम्बर दिने गरेको र बिचौलियाका कारण असुरक्षित भएको गाँउलेहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV