साउदी, कतार र यूएई जाने ६५ प्रतिशतले घटे



प्रकाशित मिति : Aug 07, 2020

काठमाडौँ,२३ साउन । कोरोना संकटका कारण कतार, साउदी अरेबिया र यूएई जाने नेपालीको संख्या ६५ शतप्रतिशतले कमी आएको छ । विश्वव्यापी कोरोना संकटका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवसम्म रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्यामा कमी आएको हो । वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्यामा भने २८ प्रतिशतले मात्र घटे पनि खाडीका प्रमुख तीन देश जाने नेपाली संख्या एक वर्षमा १ लाख ४० हजारभन्दा कमीले घटेको भएको पाइएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या ३ लाख ९८ हजार रहेकामा गत आवमा सो संख्यामा ६५ प्रतिशत कमी आएर १ लाख ४० हजार ८२० पुगेको छ । गत वर्ष मलेसिया जान नपाएका युवा वैकल्पिक रोजगारी खोज्दै खाडी राष्ट्र जाने क्रम बढेको कारण यो संख्यामा वृद्धि भएको भए पनि हाल कोरोनाका कारण घटेको हो ।

अघिल्लो आर्थिक वर्षका कतार जाने नेपाली युवाको संख्या सबैभन्दा बढी १ लाख ६१ हजार २१५ रहेकोमा गत आवमा सो संख्यामा ५० प्रतिशत कमी भएर ८१ हजार ५६७ मा सिमित भएको छ । वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०७६/७७ को तथ्यांक सार्वजानिक गर्दै कतार जानेको संख्यामा ७९ हजार ६४८ ले कमी आएको देखाएको छ । यो समाचार कारोबार दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com