२२ श्रावण २०७७, बिहीबार

एजेन्सी, २२ साउन । आज जापानमा हिरोशिमाको ७५औं वार्षिकोत्सव मनाएको छ । दोस्रो विश्वयुद्धको समय आजको दिन अमेरिकाले जापानको हिरोशिमा शहरमा एटम बम खसालेको थियो ।हिरोशिमाको स्मृतिमा आयोजित वार्षिक कार्यक्रममा हजारौं व्यक्तिहरू भाग लिएका छन् ।  कोरोना संकटको कारण आज बिहीबार मानिसहरुले दुई मिटर सामाजिक दूरीका साथ उक्त कार्यक्रममा भाग लिएको जनाइएको छ। ती मध्ये केही मानिसहरू त्यो दिन आणविक आक्रमणबाट बच्न सफल भएकाहरुको सहभागी थिए । उनीहरुले कार्यक्रममा कालो मास्क लगाएका थिए।हिरोशिमाका मेयर काजुमी मत्सुईले आफ्नो भाषणमा फेरि राष्ट्रवादको टाउको उठाउनेलाई लिएर चेतावनी दिएका छन्। उनले भने, ‘राष्ट्रवाद दोस्रो विश्वयुद्धको कारण थियो । उनले विश्वलाई कोरोना महामारी जस्ता विश्वव्यापी खतराहरूको सामना मिलेर गर्न अपील गरेका छन्।’ उनले अगाडि थपे, ‘हामी विगतका समस्याहरूलाई फर्काउन दिदैनौं।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV