२२ श्रावण २०७७, बिहीबार
  • प्रशान्त ठाकुर,

काठमाडौं, २२ साउन । सरकारले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्दै आएको बताएको छ । तर, मुख्यनाकामा जाँच गरेपनि अन्य छोटो र पैदल बाटोबाट दैनिक हजारौ मानिस उपत्यका प्रवेश गरिरहेका छन् ।

विभिन्न जिल्लाहरुबाट आएका गाडीले निर्वाधरुपमा उपत्यका प्रवेश गर्ने नाकासम्म यात्रु ल्याएर छोड्दा उपत्यकामा संक्रमणको जोखिम झन बढेको छ ।

उपत्यकामा बढ्दो जोखिमको मुख्य कडी नाकाको सहज प्रवेशलाई लिए पनि सरकारले भने जस्तो कडाई अझै हुन सकेको छैन् ।

जनशक्तिको अभाव, उपत्यका प्रवेश सयौं मार्ग र मानवीय संवेदनाको नाममा स्थानीयले गर्ने सहयोग पनि काठमाडौं प्रवेश असहज नभइ सहज बनिरहेको छ ।

जसले गर्दा कोरोनाको जोखिमको खतरा काठमाडौं उपत्यकामा अझ बढ्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV