२२ श्रावण २०७७, बिहीबार

एजेन्सी, २२ साउन । बेलायतमा विपक्षी लेबर पार्टीले मास्कको खरिदबारे छानबिन हुनु पर्ने जनाएको छ।मजदुर पार्टीका नेता सर स्टाररले पत्रकारहरूलाई भने,’ महिनौंदेखि सरकारले कोरोनाबिरुद्धको लडाईमा उभिएकाहरुका लागि सही उपकरण र अन्य सामान किनिरहेको भन्दै आएको छ तर अहिलेसम्म केही भएको छैन।’

उनले अझै थपे, ‘अब यो गडबडबारेमा अनुसन्धान गर्न आवश्यक छ । सुरक्षा चाहिने मानिसले यो नपाउनु ठिक होइन ।’

त्यहाँको सरकारले भनेको छ, ‘यो एक जटिल प्रक्रिया हो, र हामी यो सुनिश्चित गर्न चाहन्छौं कि सरकारले सामान किन्नको लागि जे पनि आदेश दिइन्छ उक्त सामग्रीको गुण उच्च र सबै सुरक्षा मापदण्डहरू पूरा हुनुपर्नेर्छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV