२२ श्रावण २०७७, बिहीबार
  • आशिष केसी,

सल्यान २२ साउन । सल्यानको छत्रेश्वरी गाउपालिकाको हालसम्म पनि बजेट पास हुन सकेको छैन । बजेट पारित गर्ने विषयमा नेकपाबाट निर्वाचित जनप्रतिनिधि र नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु बीच सहमति जुट्न नसक्दा पारित हुन नसकेको हो ।

गाउपालिकाले यही असार १० गते आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि नगरसभा मार्फत् प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केही बुँदा संशोधन हुनुपर्ने नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुले माग राखेपछि बजेट पारित हुन नसकेको हो ।

गाउसभा बसेको लामो समय बितिसक्दा पनि बजेट पारित हुन नसकेपछि गाउपालिका अध्यक्ष सन्तोष केसीले विहीबार पत्रकार माझ केही जनप्रतिनिधिले बहुमत छ, भन्दै अनावश्यक कुरामा बखेडा झिकेका कारण बजेट पारित नभएको बताए ।

उनीहरुले करारमा राखिएका कर्मचारीहरु हटाउनुपर्ने माग राखेका पनि अध्यक्ष केसीले बताए । यस्तो अवस्थामा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा राखिएका कर्मचारीहरु हटाउदा कामकाजमा बाधा पुग्ने भन्दै कर्मचारी हटाउन नहुने अध्यक्ष केसीको धारणा रहरेको छ ।

अध्यक्ष केसीले भने, ‘कर्मचारी राख्दै गर्दा अथवा अन्य कामकाजहरु गर्दै गर्दा बिगतमा सबैसँ सहमतिको आधारमा नै गरिको हो । तर, अहिले आएर कर्मचारीबाट के समस्या भएको हो, बुझन सकिएन ।’

गाउसभामा नीति तथा कार्यक्रमसँगै रु ४२ करोड ७२ लाख ८० हजार ९ सय बराबरको अनुमानित बजेट पेस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV