२२ श्रावण २०७७, बिहीबार

एजेन्सी, २२ साउन । भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी भएको छ ।आगलागीमा परि ८ जना बिरामीको मृत्यु भएको छ । अस्पतालमा आज बिहान करिब तीन बजे आगलागी भएको बताईएको छ ।

एक घण्टाभित्रै आगो नियन्त्रणमा लिइएको भए पनि आगलागी पछि भएको भागदौड कारण ८ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमहरुले जनाएको छ ।

आगलागीपछि सो अस्पतालमा रहेका ४० जना संक्रमितलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ अस्पतालमा विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV